२०८२ असार ३ मङ्गलबार

राशिफल

प्रचण्ड आज बिहानै चितवन प्रस्थान

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बिहानै चितवन प्रस्थान गरेका छन् । पार्टीका एक कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौंबाट हिँडेका हुन् ।

आज बेलुका नै प्रचण्ड काठमाडौं फर्किने तयारी रहेको सचिवालयले जनाएको छ । प्रचण्ड बेलुका फर्किएपछि नेताहरुबीच भेटघाट हुन सक्ने बताएको छ । आइतबारै प्रचण्डले निर्वाचित सांसदलाई बोलाएर शुभकामना दिइसकेका छन् ।

निर्वाचित सांसदले शपथ दिएपछि मात्रै दलको नेता चयनको प्रक्रियामा जाने माओवादी नेताहरूले बताएका छन् ।