काठमाडौं : दोलखाको बिगु गाउँपालिकाको लामाबगरमा भिरबाट खसेर एक मजदुर बेपत्ता भएका छन् । बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा सडक निर्माणमा खटिएका एक मजदुर भिरबाट खसेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार कैलालीको घोडाघोडी नगरपालिका ५ का ३९ वर्षीय दिलबहादुर घर्ती बेपत्ता भएका हुन् । घर्ती लामाबगरबाट लप्चीतर्फ जाने सडक निर्माणको काममा खटिएका थिए ।
नासा हाइड्रोले निर्माण गरिरहेको लामाबगर–लप्ची सडक खण्डमा कार्यरत उनी सोमवार बिहान ११ बजेतिर भिरबाट खसेका र उनको खोजी कार्य भइरहेको बताउनुभयो ।
तपाइँको प्रतिक्रीया