नाइजेरियामा हैजाको प्रकोप फैलिएको छ । पछिल्लो महिना फैलिएको हैजाका कारण सयौँ नागरिक उपचारका लागि अस्पताल भर्ना भएका र कम्तीमा २० जनाको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
बिरामीको विशेषज्ञ सेवासहित उपचार भइरहेको छ । दक्षिणी क्रस रिभर राज्यका १० वटा गाउँमा हैजाको प्रकोप बढी फैलिएको छ । सरकारले हैजा प्रभावित क्षेत्रमा सफा पानी र सरसफाइका कामलाई तीव्रता दिएको छ ।
के कारणले हैजाको प्रकोप फैलियो भन्ने बारेमा अनुसन्धान थालिएको नाइजेरियाको सरकारले जनाएको छ ।
तपाइँको प्रतिक्रीया