२०८२ असार १ आइतबार

राशिफल

वर्षमान पुन अनन्त आज स्वदेश फर्कँदै

काठमाण्डौ  :   उपचारका लागि चीन जानु भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कँदै हुनुहुन्छ । स्वास्थ्यमा सुधार आएपछि उहाँ नेपाल फर्कन लाग्नु भएको हो ।

पुन चाइना साउथर्न एअरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु हुनेछ । वंशाणुगत जण्डिसबाट पीडित पुनमा धपेडीका कारण रोग बल्झिएपछि गएको मंसिर १६ गते फलोअप उपचारका लागि चीन जानु भएको थियो ।

उहाँको चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उ‍हाँको स्वास्थ्यमा सुधार आएको जानकारी दिनुभयो ।