काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आज बिहान आठ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि पूर्वनिर्धारित समयमा सुरु हुन सकेन ।
केही सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा पछि मात्रै मतदान सुरु भएको हो । एक जना केन्द्रीय नेताले देउवा पक्षका सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि मतदानमा ढिलाइ भएको बताए । नियमअनुसार भोट हाल्ने ठाउँमा मोबाइल लैजान निषेध छ ।
निर्वाचन समितिले आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । मतदान गर्न सांसदहरु बिहानै सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगिसकेका छन् । तर मतदान सुरु नभएपछि उनीहरु अलमलमा परेका थिए ।
तपाइँको प्रतिक्रीया