२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ट्विटरका सीईओ एलन मस्कले जतिसक्दो छिटो पद छाड्ने

काठमाडौं   :  ट्विटरका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलन मस्कले जतिसक्दो छिटो पद छाड्ने संकेत गर्नुभएको छ । ट्वीट गरेर उहाँले सकेसम्म छिटो राजीनामा दिने बताउनुभएको हो ।

ट्विटर खरिदपछि आफैं प्रमुख कार्यकारी अधिकृत सीईओ बनेका मस्कले यसअघि ‘के म ट्विटरको प्रमुख पदबाट हट्नुपर्छ रु’ भनेर प्रश्न राख्दै हो वा होइनमा क्लिक गर्न आह्वान गर्नुभएको थियो । ट्विटरका एक करोड ७५ लाख प्रयोगकर्ताले मतदान गरेकामा ५७ दशमलव ५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२ दशमलव ५ प्रतिशत मत परेको थियो ।

अलग हुनुपर्छ भन्नेमा धेरै मत पछि उहाँले सीईओ पदबाट राजीनामा दिने संकेत गर्नुभएको छ ।