काठमाडौं : स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पनि पुनः अस्पताल फर्किने भएका छन् ।
तपाइँको प्रतिक्रीया