२०८२ जेठ २१ मङ्गलबार

राशिफल

२३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपमा नेपाल बङ्लादेशसँग पराजित

काठमाण्डौ :   २३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा घरेलु टोली बङ्लादेशसँग पराजित भएको छ । बङ्लादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु तथा आयोजक बङ्लादेशसँग ३–० को सोझो सेटमा पराजित भयो ।

नेपालले पहिलो सेट २४–२६, दोस्रो सेट २२–२५ र तेस्रो सेट २५–२१ ले गुमाउन पुग्यो । बङ्लादेशमा हिजोदेखि सुरु भएको च्याम्पियनसिपमा किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हराएको छ । राउन्ड रोविन लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्नेछ । त्यस्तै भोलि किर्गिस्तानसँग खेल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बङ्लादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।