२०८२ जेठ २३ बिहीबार

राशिफल

सुनको भाउ आज घट्यो

काठमाण्डौ  :  लगातार बढेको सुनको भाउ आज भने घटेको छ ।

आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।