काठमाडौं : हिजो शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् ।
माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद सचिवालय सिंहदरबारमा शपथ गराएका हुन् ।
उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन् ।
तपाइँको प्रतिक्रीया