काठमाण्डौ : काठमाण्डौको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
हिजो बा ३२ प २४२९ नम्बरको मोटरसाइकल र प ३ ०१ ०२७ च ६९८२ नम्बरको जीप ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रीया