२०८२ जेठ ३२ शनिवार

राशिफल

आज देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डौ  : आज देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, मधेस प्रदेश, बाग्मती र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना देखिएको छ । साथै देशका हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही ठाउँमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ भने तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ ।

मौसमविद्का अनुसार आज केही ठाउँमा हल्का वर्षा र हिमपात भए पनि भोलिदेखि भने मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।