काठमाण्डौ लुम्बिनी अल स्टारले नेपाल टी–ट्वान्टी लिगमा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले विजयी सुरुआत गरेको हो ।
लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर २ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
तपाइँको प्रतिक्रीया