२०८२ असार ३ मङ्गलबार

राशिफल

युवाहरुले गुनासो होइन समाधान खोज्नुपर्छ : गगन थापा

काठमाण्डौ  : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले अहिलेका युवाहरु भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले युवावर्ग निन्दक नभइकन आलोचक बन्नुपर्ने बताउनु भयो । उहाँले युवाहरु थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताउनु भयो । उहाँले युवाहरु आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताउनु भयो ।