काठमाण्डौ : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका- ५ बस्ने २९ बषिय रवी चौधरी, ३० वषर्ीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका- २ बस्ने २२ वर्षिय वृज सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
जीतपुरसिमरा- ७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेड क्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए । उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया