२०८२ असार ३ मङ्गलबार

राशिफल

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं  : शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक चलिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी यही बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग-अलग र संयुक्त बैठक हुँदै आएको छ ।