२०८२ जेठ ३२ शनिवार

राशिफल

नेकपा माओवादी केन्द्र र नेकपा एमालेविच संवाद

काठमाडौं  : नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् ।

माओवादीका नेताहरुले एमालेका दोस्रो तहका नेताहरुसँग संवाद गरिरहेका छन् । उनीहरु प्रचण्डलाई प्रधानमन्त्री पद दिएर अन्य पद बाँडफाँट गर्ने गरी सहमति गर्न तयार देखिएका माओवादी स्रोत बताउँछ ।  तर दुई अध्यक्षको स्तरमा कुराकानी नभएकाले यो प्रक्रियाले पूर्णता पाउँछ कि पाउँदैन अहिले नै टुंगो छैन ।