२०८२ जेठ २२ बुधबार

राशिफल

टी–२० क्रिकेट लिगमा आज काठमाण्डौ र फार तथा जनकपुर र विराटनगर खेल्दै

काठमाण्डौ  :  नेपाल टी–२० क्रिकेट लिगमा आज काठमाण्डौ नाइट्स र फार वेष्ट युनाइटेड तथा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् ।

काठमाण्डौ र फार वेष्टको खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा हुने छ भने कीर्तिपुर मैदानमै जनकपुर र विराटनगरको खेल दिउँसो १ बजे हुनेछ ।

काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने यसअघिको खेल हारेको फार वेष्ट पहिलो जितको खोजीमा हुनेछ । यस्तै, जनकपुर पनि आज दोस्रो जित निकाल्न चाहन्छ । विराटनगरले यसअघिको खेल हारेको थियो ।