२०८२ असार ३ मङ्गलबार

राशिफल

देउवालाई दुवै पदबाट राजीनामा दिन गुरुराज घिमिरेको माग

काठमाण्डौ   :  नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया लेख्दै उहाँले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने चेतावनी पनि दिनुभएको छ ।

ने.का. सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछु उहाँले लेख्नुभएको छ।