२०८२ जेठ ३२ शनिवार

राशिफल

आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना

काठमाण्डौ :   देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

अहिले बदली भएका केही ठाउँमा दिउँसो घाम लाग्ने तर केही ठाउँमा भने आंशिक बदली भइरहने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले केही दिनयता बादल लाग्न थाले पनि तत्काललाई वर्षाको सम्भावना कमै रहेको उहाँले बताउनुभयो । बादलका कारण जाडो भने बढ्दै गएको छ ।