२०८२ असार ३ मङ्गलबार

राशिफल

देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने

काठमाण्डौ   :  निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ ।

हिजो सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटारमा रहेको सरकारी निवास छाड्न लाग्नुभएको हो ।

प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छोड्ने तयारी गरेको बुझिएको छ ।