२०८२ जेठ २३ बिहीबार

राशिफल

सोमबार सुनचाँदीको मूल्य यस्तो छ

काठमाडौं  :  सुनचाँदीको मूल्य नेपाली बजारमा सोमबार स्थिर रहेको छ । आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सार्वजनिक गरेको विवरणआनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोही मूल्यमा आइतबार सुन किनबेच भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबारमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार मूल्य पनि स्थिर रहेको चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेकोमहासंघले जनाएको छ ।