२०८२ असार ३ मङ्गलबार

राशिफल

प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाई

काठमाण्डौ  :  निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

आज सोमवार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिनुभएको हो । शपथ ग्रहण कार्यक्रममा देउवा पनि पुग्नुभएको थियो । देउवा शपथ ग्रहणमा पुगे पनि कार्यक्रम नसकी बीचमै मञ्च छोडेर जानुभएको थियो ।