२०८२ जेठ ३२ शनिवार

राशिफल

बझाङमा ट्र्याक्टर दुर्घटना दुईको ज्यान गयो

काठमाण्डौं  :  बझाङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो ।

उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।