२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आईपिएल फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले हरायो ।

चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले एकरएक गोल गरे । जितसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ ।

प्रिमियर लिगमा आर्सनल १५ खेलमा ४० अंकका साथ शीर्ष स्थानमा, न्यूक्यासल १६ खेलमा ३३ अंकका साथ दोस्रो स्थानमा, म्यानचेस्टर सिटी १४ खेलमा ३२ अंकका साथ तेस्रो र टोटनहम १६ खेलमा ३० अंकका साथ चौथो स्थानमा रहेको छ ।