२०८२ असार ३ मङ्गलबार

राशिफल

जसपाले आज संसदीय दलको नेता चयन गर्दै

kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ub}{ cWoIf ofbj k;f{, #!c;f/ M hgtf ;dfhbjfbL kf6L{ g]kfn -h;kf_n] z’qmaf/ jL/u~hdf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ub}{ h;kf cWoIf pk]Gb| ofbj . tl:a/ M ljhos’df/ dxtf] ÷/f;;

काठमाण्डौ  :  जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर साढे २ बजेदेखि साढे ३ बजेसम्म मतदान हुनेछ ।

मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद रहेका छन् ।

जसपाले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने जनाएको छ । आउँदो १८ र १९ गते राजनीतिक समितिको बैठक बस्ने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।