२०८२ असार १२ बिहीबार

राशिफल

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

काठमाडौं  :   बुधबार सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २०० रुपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम रहेको छ ।