२०८२ जेठ ३२ शनिवार

राशिफल

प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाण्डौ :  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका तराईका भू-भागहरुमा हुस्सुरकुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसोː प्रदेश १ र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही भू-भागमा हुस्सुरकुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।