काठमाडौं : भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा ७ जनाको ज्यान गएको छ । केही कार्यकर्ता घाइते भएका छन् ।
पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक कार्यक्रममा भागदौड भएको थियो । अहिलेको राज्य विधानसभामा विपक्षी नेता नायडुले हिजो बेलुका एउटा सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कार्यक्रमका लागि जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको बीबीसी हिन्दीले जनाएको छ ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया