२०८२ असार २ सोमबार

राशिफल

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान

काठमाडौं   : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन बोलाएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशन आह्वान गरेका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रुपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले भूमिका निर्वाह गर्नेछन् ।