काठमाडौं : गण्डकी प्रदेश सभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो ।
यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजो बुधवार बस्याललाई शपथ गराउनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवम् जातीय पहिचान झल्किने पोसाकमा उपस्थित थिए ।
६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा एकीकृत समाजवादीका एक सदस्य छन् ।
तपाइँको प्रतिक्रीया