२०८२ जेठ २० सोमबार

राशिफल

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ  : नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी आठ सय ८१ जनाको नमुना परीक्षण गर्दा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, थप २ जना निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २९ जना पुगेको छ ।