काठमाण्डौ : इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो ।
लिभरपुलले दुई गोल नै आत्मघाती उपहार पायो । खेलको सुरुवातमै अग्रता लिएको लेस्टर सिटीले पहिलो हाफको ३८ र ४५औँ मिनेटमा आत्मघाती गोल गरेको थियो । उसका वोउट फेइसले दुई आत्मघाती गोल गरे। लेस्टरले खेलको चौथो मिनेटमा किइरनान ड्युसबरी हलको गोलको मद्दतले अग्रता लिएको थियो । तर जोगाउन सकेन ।
जितसँगै लिभरपुलले १६ खेलमा २८ अङ्क जोडेको छ । लिभरपुल छैटौँ स्थानमा रहेको छ । १७ खेलमा १७ अङ्क जोडेको लेस्टर सिटी १३औँ स्थानमा रहेको छ । अर्को खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २–० गोलले हरायो । जितसँगै ब्रेन्टफोर्डको १७ खेलमा २३ अङ्क भएको छ ।
ब्रेन्टफोर्ड अङ्कतालिकाको नवौँ स्थानमा छ । पराजित वेस्ट ह्याम १७ औँ स्थानमा छ ।
तपाइँको प्रतिक्रीया