काठमाण्डौ : आगलागीमा परेर कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको ज्यान गएको छ । निवर्तमान वडाध्यक्ष गुरुङको आफ्नै घरमा लागेको आगोमा परेर ज्यान गएको हो ।
वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार गएराति साढे १० बजे गुरुङको शव जलेको अवस्थामा घर भित्रै भेटिएको हो । उहाँका छोरा र बुहारी गाउँकै अर्को घरमा बस्ने गरेका छन् ।
तपाइँको प्रतिक्रीया