काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन हुनुभएको छ ।
हिजो बेलुका बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई संसदीय दलको नेतामा चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो । संसदीय दलको नेता बाहेकका अन्य पदाधिकारी पछि चयन गरिने माओवादीले जनाएको छ । साठी सदस्यीय प्रदेश सभामा माओवादीका प्रत्यक्ष निर्वाचित पाँच र समानुपातिकका तीन गरी आठ सदस्य छन् ।
माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको संयुक्त बैठकले प्रदेश संसदीय दलको नेतामा चुमानलाई बनाउने र संसदीय दल बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो ।
तपाइँको प्रतिक्रीया