काठमाडौं : कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ भिग्मको नदीको किनारमा खेल्ने क्रममा बगेका दुई बालकमध्ये एक जनाको उद्धार भएको छ ।
नदीमा बगेका बालक जाजरकोट घर भइ हाल तिलागुफामा बस्दै आउनुभएका चन्द्रविक्रम शाहीका छोरा १२ वर्षीय लेकविक्रमको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
नदीमा बगेका तिलागुफा १ का चन्द्र बुढाका छोरा १२ वर्षीय तपेन्द्र भने बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया