२०८२ जेठ ३२ शनिवार

राशिफल

काठमाण्डौको गोल्फुटारमा मोटरसाइकल दुर्घटना, एकको ज्यान गयो

काठमाण्डौ  :  काठमाण्डौको बूढानीलकण्ठमा भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

सोमबार बेलुका सवा ८ बजे बूढानीलकण्ठ नगरपालिका ८ गोल्फुटारमा बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सप्तरीका १९ वर्षका सोयतकुमार साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा ९ बजे ज्यान गएको हो ।