२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कमिटी प्रणालीलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन अध्यक्ष नेपालको निर्देशन

काठमाडौं  :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कमिटी प्रणालीलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मंगलबार काठमाडौंमा बसेको पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सामाजिक सञ्जाल र मिडियामा बोलेर मात्र पाटी क्रान्तिकारी तथा अनुशासित पार्टी नवन्ने भन्दै अनुशासित भएर कमिटी प्रणालीलाई बलियो बनाउन निर्देशन दिनुभएको हो ।

आफ्ना नेताको बद्ख्वाईं र अरुको प्रशंसा गरेर ठूलो बन्ने प्रवृति अन्त्य हुनुपर्ने उहाको भनाइ छ । उहाले जस्तोसुकै मतभेद वा बिचारको भिन्नता भएपनि पार्टी तहमा राख्दा कुनै फरक नपर्नेे धारणा राख्नुभयो ।