२०८२ जेठ ३१ शुक्रबार

राशिफल

पाल्पा ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु

काठमाडौं :  पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा हिजो बेलुका ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।

निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेका भालकुनका २८ वर्षीय सेते सारुलाई त्यही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले सारुको घटनास्थलमा नै ज्यान गएको जानकारी दिएको छ ।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।