काठमाडौं : कर्णाली प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रमुख परियारले मुख्यमन्त्री पदमा दाबी गर्न ७ दिनको समय दिएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले पुस २७ बुधबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्नका लागि बिहीबार आवह्वान भएको हो ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन व्यवस्था रहेको छ ।
तपाइँको प्रतिक्रीया