काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक शनिबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो ।
संसदीय दलको बैठक अघि शुक्रबार कांग्रेस सभापति एवं दलका नेता शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रीया