२०८२ जेठ ३० बिहीबार

राशिफल

यो सरकारसँग छिमेकीहरू डराउनु पर्दैन, चलखेल बन्द गर्नुहोस् : ओली

काठमाडौं :  एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इंकित गर्दै टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित कार्यक्रममा उनले अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको आरोप लगाए ।

उनले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताए ।  उनले नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको, कुटनीतिक चलखेल बुझनसक्नुको भएको पनि बताए । यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न उनले आग्रह गरे ।

छिमेकीहरूलाई यहाँ बनेको सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछौं । पारस्परिक सम्बन्ध राखेर अघि बढ्दौं ।