२०८२ जेठ २४ शुक्रबार

राशिफल

जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने

काठमाण्डौ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ ।

सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश भएसँगै सरकारलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

जसपाले गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका दुई वटा सर्तहरू समेटिएको भन्दै विश्वासको मत दिने बताएको हो ।