२०८२ जेठ २२ बुधबार

राशिफल

शेयर बजार आज २० अङ्कभन्दा धेरैले बढ्यो

काठमाण्डौ  : शेयर बजार आज २० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, उत्पादन र बैंकबाहेक अन्य समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५९ वटा कम्पनीका एक करोड ४१ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको २१ करोड र शिवम् सिमेन्टको साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज बलेफी हाइड्रो र खप्तड लघुवित्तको शेयर १० प्रतिशत तथा ङादी ग्रुप पावर, हिमालयन एभरेष्ट इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ ।