२०८२ जेठ २४ शुक्रबार

राशिफल

एकीकृत समाजवादीले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाण्डौ  : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मङ्गलवार आज बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीले प्रधानमन्त्री दाहाललाई सर्तसहित विश्वासको मत दिन लागेको पार्टीका उपमहासचिव एवम् पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने बताउनु भयो । उहाँले राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरुमा सरकारले आवश्यक काम गर्नुपर्ने सर्त रहेको बताउनु भयो । उहाँले विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने बताउनु भयो ।

प्रवक्ता खतिवडाले दलका नेता एवम् पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताउनु भयो ।