२०८२ जेठ ३२ शनिवार

राशिफल

चितवनमा नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं :  चितवनमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालीका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीय गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोठाबाट एक हजार दरका एक सय ३७ थान नक्कली नोट बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उहाँले बताउनुभयो ।