२०८२ जेठ ३१ शुक्रबार

राशिफल

बारामा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु

काठमाडौं  : बारामा सवारी दुर्घटनामा परि सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका वगेवा टोल बस्ने अन्दाजी ५८ वर्षीया ज्ञान्त्री चौधरीको मृत्यु भएको हो । ज्ञान्त्रीको एल।एस। न्युरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा ज्ञान्त्रीलाई ठक्कर दिने मोटरसाइकल चालक स्थानीय २६ वर्षीय कुन्दन चौधरी पनि घाइते छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । तामागढी अस्पताल कोल्हवीमा उपचाररत उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ ७ः१० बजे तामागढी सिम्रौनगढ सडक खण्डमा कोल्हवीबाट बगेबातर्फ जाँदै गरेको बा.२९प ७०१८ को मोटरसाइकलले पैदलयात्री ज्ञान्त्री चौधरीलाई ठक्कर दिएको हो ।