काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताउनुभएको छ ।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले जानकारी पाएपछि आईजीपीलाई फोन गरेर महतोलाइ पक्राउ गर्न निर्देशन दिएको बताउनुभयो । उहाले संसदमै उपस्थित हुँदा आफुले नदेखेको र पछि सञ्चार माध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको उल्लेख गर्नुभयो ।
सांसद महत्तो मधेस आन्दोलनका क्रममा सशस्त्रका असइ थमन विकको हत्या अभियोगमा फरार सूचीमा रहेका छन् ।
तपाइँको प्रतिक्रीया