२०८२ जेठ ३१ शुक्रबार

राशिफल

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम बदली तर पानी पर्ने सम्भावना कम

काठमाण्डौ  : आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । यी प्रदेशमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नहुँदा देशभर नै पानी पर्न सकेको छैन । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो छ । दिउँसो पछि हट्ने अनुमान गरिएको छ ।

काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ ।