२०८२ जेठ ३१ शुक्रबार

राशिफल

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे एउटा गैँडा र एउटा पाटेबाघ मृत फेला

काठमाण्डौ  : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङ्गे एउटा गैँडा र एउटा पाटेबाघ मृत भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एउटा एक सिङ्गे गैँडा मृत भेटिएको छ।

गैँडाको खाग सुरक्षित रहेको र बाघको आक्रमणका कारण गैँडा मरेको निकुञ्जले जनाएको छ ।